
मोरङ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विराटनगरमा तीव्र आलोचना भएको छ।
बिहीबार विराटनगरमा जारी कोशी प्रदेश समितिको बैठकमा सहभागी नेताहरूले अध्यक्ष दाहालको नेतृत्वको आलोचना गरेका हुन्।
बैठकमा सहभागी प्रदेश नेताहरूले पार्टीको जनाधार खस्किँदै गुनासो गरेका छन्। नेताहरूले जनाधार खस्किदै गए पनि पार्टी नेतृत्वले सो मद्दालाई सम्बोधन पनि गर्न नसकेकोमा असन्तुष्टि जनाए।
उनीहरूले पार्टीभित्र मौलाएको गुटबन्दी, अनुशासनहिनता, अवसरवाद र जनसरोकारको विषयलाई सम्बोधन गर्न नसकेको उल्लेख गरेका थिए।