दल परित्याग गरी स्वतन्त्र अभियानमा कैलालीका युवा

दल परित्याग गरी स्वतन्त्र अभियानमा कैलालीका युवा
+
-

धनगढी – कैलालीका युवाहरुले राजनीतिक दलभन्दा अलग रहेर देश बनाउन भन्दै स्वतन्त्र अभियान सुरु गरेकाे घाेषणा गरेका छन्।

विभिन्न दलमा आबद्ध युवाहरुले राजनीतिक दलका कार्यक्रताबाट अलग भई स्वतन्त्र अभियान सञ्चालन गरेकाे घाेषणा गरेका हुन्।

कैलालीकाे गाेदावरी नगरपालिकाका बासिन्दा प्रेमराज भट्टकाे संयाेजकत्वमा स्वतन्त्र अभियान सञ्चालन गरिएकाे बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे छ। उनी केही महिनाअघिसम्म नेपाली कांग्रेस कैलालीकाा प्रवक्ता थिए।

पत्रकार सम्मेलनमा अभियानका संयाेजक भट्टले अभियान कसैका विरुद्ध वा समर्थनमा नभई
सकारात्मक साेच र आत्मनिर्भर युवाहरुकाे देश बनाउन अभियान रहेकाे बताए। उनले दलका कार्यकर्ताबाट माथि उठेर स्वतन्त्र अभियानकाे सुरुवात गरिएकाे जानकारी दिए।

संयाेजक भट्टले देशमा भ्रष्टाचार संस्थागत भएकाे, आर्थिक स्थिति डरलाग्दाे बन्दै गएकाे, वैदेशिक सम्बन्ध बिग्रदाे अवस्थामा रहेकाे बताए। यति धेरै समस्या बढ्दा पनि अहिलेका दलहरुले बेवास्ता गरेका कारण अभियान सञ्चालन गर्नुपरेकाे भट्टकाे भनाइ छ।

भदाै १७ गते कञ्चनपुरकाे गड्डाचाैकीबाट धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालकाे प्रमुख आथित्यतामा अभियानकाे उद्घाटन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ। मेयर हमाल पनि स्वतन्त्र हुन्।

कुनै दल र संगठनसँग आबद्ध नभई स्वतन्त्र रुपमा देश विकासका लागि महाकालीदेखि मेचीसम्म पार्टीकाे झण्डा छाेडेर देशकाे झण्डा बाेक्ने अभियानमा आबद्ध युवाहरु बताउँछन्।

याे अभियानका क्रममा ठाउँठाउँमा काेणसभा अन्तर्क्रिया गरिने भट्टले बताए। अभियानकै क्रममा धरान पुगेर त्यहाँका स्वतन्त्र मेयर हर्क साम्पाङले पहिलाे चरणकाे अभियान समापन गर्ने संयाेजक भट्टले जानकारी दिए।

अभियानमा भट्टसँगै भरत शाह, राजन खड्का, गणेश शाह, धनबहादुर बाेगटीलगायत रहेका छन्। उनीहरु पनि यसअघि विभिन्न दलसँग आबद्ध युवाहरु हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?