नेपालगञ्ज–दिल्ली छोडेर बुद्ध एयरको चासो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा

नेपालगञ्ज–दिल्ली छोडेर बुद्ध एयरको चासो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
+
-

काठमाडौँ – बुद्ध एयरलाइन्सले अबको चासो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहने बताएको छ। २२ वर्षे यात्राको पूर्व सन्ध्यामा बुधबार बुद्ध एयरको ह्याङ्गर कार्यालयमा भएको कार्यक्रममा बुद्ध इयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बुद्ध इयरको अहिलेको प्राथमिकता अन्तर्राष्ट्रिय उडान रहेको बताए। यसभन्दा अगाडि बुद्धले नेपालगञ्जबाट भारत उडान भर्ने योजनामा चासो राखेको थियो।

निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारत र चीनमा उडान भर्ने योजना रहेको छ। ‘पोखरा पर्यटकीय दृष्ट्रिकोणले राम्रो भएकोले बुद्ध इयरले विशेषत भारतीय पर्यटकलाई र पछि चिनियाँ पर्यटकलाई लक्षित उडान भर्नेछ’, प्रबन्ध निर्देशक बस्नेतले भने, ‘नेपालगञ्ज–भारत भन्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काम हुँदैछ। नेपालगञ्जमा पाए उडान भर्ने नपाए उडान नभर्ने। परिस्थिती कस्तो हुन्छ, त्यहि अनुसार निर्णय हुन्छ।’

बुद्ध एयर निजी इयसलाइन्स कम्पनीमा सफल कम्पनी हो। वर्षमा १५ लाख मानिसलाई सेवा दिने गरेको कम्पनीको दाबी छ। बुद्ध इयरलाइन्समा ९ सय ५० भन्दा धेरै कर्मचारी रहेका छन्। निर्देशक बस्नेतले कम्पनी सफल हुनुमा बुद्ध इयरका सहकर्मीको योगदान रहेको बताए।

बुद्ध एयरले आफूसँग मेन्टिनेन्स ह्याङ्गर र राम्रो जनशक्ति रहेकोले सेकेण्ड ह्याण्ड इयरक्राफ्ट ल्याउने गरेको जनाएको छ। १९०० डि बिमानबाट सुरु भएको बुद्धले अहिले ए टि आर इयरक्राफ्टबाट सेवा प्रदान गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?