
काठमाडौँ – इम्बोस्ड नम्बरप्लेटको ठेक्का खारेज गर्न माग गर्दै नेकपा (बहुमत)ले काठमाडौँमा प्रदर्शन गरेको छ।
कमिसनको खेलमा सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरिएको भन्दै नेकपा बहुमतले मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो।
इम्बोस्ड नम्बरप्लेटमा राष्ट्रघात भएको नेकपा बहुमतको आरोप छ।
प्रदर्शनमा सहभागीहरूले ‘कमिसनको खेलमा गरिएको इम्बोस्ड नम्बरप्लेट ठेक्का अविलम्ब खारेज गर’, ‘कमिसनखोर, भ्रष्टाचारी, दलालहरू खबरदार’, राष्ट्रप्रुमख, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।