थारू समुदायको इतिहास, संस्कृति जोगाउन विशेष वा स्वायत्त क्षेत्र दिनुपर्छः प्रचण्ड

थारू समुदायको इतिहास, संस्कृति जोगाउन विशेष वा स्वायत्त क्षेत्र दिनुपर्छः प्रचण्ड
+
-

त्रिवेणी (नवलपरासी) –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति, इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष वा स्वायत्त क्षेत्र दिनुपर्ने बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित थारू समुदायको परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गण्डकी प्रदेशको नवलपुरमा थारू समुदाय रहेको भए पनि यो जनसङ्ख्याले यहाँबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व हुने सम्भावना असम्भवजस्तै भएको बताए।

“थारू समुदायको उपस्थिति गण्डकी प्रदेशको नवलपुरमै छ, प्रदेशको हिसाबले निकै थोरै थारूको समुदाय रहेकाले यो जनसङ्ख्याले कहिल्यै पनि प्रदेश र सङ्घमा यहाँबाट प्रतिनिधित्व असम्भव जस्तै छ। त्यसको एउटा मात्र उपाय गण्डकी प्रदेशभित्र एउटा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र थारूहरूका लागि दिनुपर्छ”, अध्यक्ष दाहालले भने, “अनिमात्र थारूहरूको पहिचान, संस्कृति इतिहासको प्रदेश र सङ्घमा प्रतिनिधित्व गराउन सकिन्छ। यस विषयमा सामूहिक ढङ्गले आवाज उठाउन जरुरी छ।”

अध्यक्ष दाहालले अहिले पनि संविधानमा भएका कयौँ व्यवस्थाहरूको ठिकसँग कार्यान्वयन हुन नसकेको बताए । संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था संविधानले गरेको भए पनि कानुन नबन्दा संविधानमा लेखेको कतिपय कुरा कार्यान्वयनमा जान नसकेको बताए।

कार्यक्रममा अध्यक्ष दाहालले स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म दलित, महिला, आदिवासी जनजाति, मजदुर किसानको प्रतिनिधित्व क्रान्तिकारी आन्दोलन र जनआन्दोलनको बलमा भएको बताउँदै थारू समुदायका बाँकी पहिचान अधिकार स्थापित गर्न आफू लागिरहने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?