
काठमाडौँ – कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’को आज यहाँ विमोचन गरिएको छ। उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गरेका हुन्।
घिमिरेले साहित्य सृजनाका लागि कविता लेख्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, “कविता लेख्न गाह्रो छ, यसमार्फत जीवनका अनेकौँ आयामलाई समाजसँग जोड्न सकिन्छ।”
कवि नेपालीले आफ्नो कृतिका बारेमा धारणा राख्दै सहज जीवन दर्शनलाई कवितामार्फत प्रस्तुत गरेको बताए। उनले भने, “सजिलो जिन्दगी बाँचेर यो जिन्दगी जे छ रमाइलो छ। दुःखसुख दुवैको सङ्गमकै कारण जिन्दगी रमाइलो छ, त्यसैले धन्यवाद जिन्दगी।”
साहित्यकार डा भागवत ढकालले रवि नेपालीको सिर्जनामा जागिरे जीवनभन्दा परको कलात्मक सामथ्र्य र विम्बात्मक अभिव्यक्तिलाई विशेषता बनाइएको टिप्पणी गरे।
त्यस्तै प्राध्यापक डा गार्गी शर्माले समाजमा देखेका र भोगेका कुरालाई प्रस्तुत गर्ने क्रममा कविले तिक्ततालाई समेत मिठासमा रूपान्तरण गर्न सफल भएको टिप्पणी गरे।
ललितकला प्रतिष्ठानका पूर्वउपकुलपति केके कर्माचार्य र प्राध्यापक डा कुमारप्रसाद कोइरालाले कृतिबारे आ–आफ्ना धारणा राख्दै नेपाली कवितामा यसले नयाँ चेतना थप्ने विश्वास व्यक्त गरे।