सुदूरपश्चिममा गौराको चहलपहलः मनाइयो ‘नानी गौरा’

सुदूरपश्चिममा गौराको चहलपहलः मनाइयो ‘नानी गौरा’
+
-

बैतडी – सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइएको छ। बर्तालु महिलाहरूले बिरुडापञ्चमी अर्थात् हिजो पहिलो दिन भिजाएका बिरुडालाई आज नजिकका धारा, तलाउमा लगेर धोएका छन्।

संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रहिआएको छ। साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ।

बिरुडाले नै गौरादेवीको पूजाआजा गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन रहिआएको छ। पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ।

दुर्वाष्टमी अर्थात अठ्याबाली यो पर्वको मुख्य दिन हो। भोलि तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्याबालीका दिन धारण गर्ने चलन रहिआएको छ।

तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्लपक्षमा परेको गौरालाई उजेली र कृष्णपक्षमा परेको गौरालाई अँधेरी भन्ने चलन छ। यो वर्ष उजेली गौरा परेको छ। गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैतलगायत देउडा खेलेर रमाइलो गर्ने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?