प्रदेश सरकार र स्थानीय तहबीच सम्झौता

प्रदेश सरकार र स्थानीय तहबीच सम्झौता
+
-

मोरङ – कोशी प्रदेश सरकारले फोहोर मैला व्यवस्थापनका लागि विभिन्न ६ वटा स्थानीय तहसँग रणनीतिक सम्झौता गरेको छ। शुक्रबार विराटनगरस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित साझेदारी कार्यक्रममा मन्त्री भूपेन्द्र राईले प्रदेशको विकासका लागि स्थानीय तहसँगको सहकार्य अहं हुने बताएका थिए।

प्रदेशमा फोहोरमैला ब्यवस्थापनको चुनौतीलाई सबैको संयुक्त प्रयासबाट समाधान गर्न सकिने उनको भनाइ छ। मन्त्री राईले फोहोरको समस्या चुनौतिपूर्ण हुदै गएको बताए। उनले विकासको काममा प्रदेश र स्थानीय तह सरकारबीचको आपसी समन्वय अत्यन्त आवश्यक हुनेमा जोड दिए।

कार्यक्रममा मन्त्री राईले फोहोरमैला व्यवस्थापनको चुनौतीलाई हल गर्न मोरङका चार वटा र इलामका दुई वटा स्थानीय तहबीच सम्झौता गरिएको बताए।

कार्यक्रममा प्रदेश सरकारले फोहोरको समस्या हलका लागि प्रदेश राजधानी विराटनगर महानगरपालिकासंगै मोरङको रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका र कानेपोखरी गाउँपालिकाबीच सम्झौता गरेको छ। यसको ब्यवस्थापनका लागि केन्द्र भने रंगेली नगरपालिका हुने बताइएको छ।

त्यसैगरि, प्रदेश सरकारले इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकासंगपनि फोहोरमैला ब्यवस्थापनका लागि समझारी पत्रमा हस्ताक्षर भएको मन्त्री राईले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?