बेपत्ता परिवारका सदस्यको चित्कारः सास कि लास पत्ता लगाइदेऊ सरकार

बेपत्ता परिवारका सदस्यको चित्कारः सास कि लास पत्ता लगाइदेऊ सरकार
+
-

मोरङ – विराटनगरमा बेपत्ता परिवारका सदस्यहरूले राज्यले बेपत्ताको अवस्था सार्वजनिक नगरेको बताएका छन्।

इन्सेक र मानवअधिकारका लागि एक महिला समूहले बलपूर्वक बेपत्ता पारिएका नागरिकको १५ औं अन्तर् राष्ट्रिय दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा बेपत्ता पारिएका नागरिकका आफन्तहरुले गुनासो गरेका हुन्।

बेपत्ता परिवारका सदस्य तुलसा राईले वेपत्ताहरूको अवस्था लामो समय भइसक्दा समेत सरकारले सार्वजनिक गर्न नसकेको जनाउँदै दुःख ब्यक्त गरिन्। राईले सशस्त्र द्धन्दकालबाट आफ्नो परिवार सदस्य बेपत्ता भएको जनाउँदै हालसम्म जिवित वा मृत्यु केही थाहा पाउन नसकेको बताइन्। हालसम्म न लास न सासको भेउ पाउन सकेको भन्दै राईले परिवार सदस्यको मृत्यु भएको भएपनि अवस्था सार्वजनिक हुन नसक्दा काजक्रिया गर्न नपाएको गुनासो गरिन्।

त्यसैगरि, सहिद परिवारकी सदस्य रहेकी मोरङकी मञ्जु विश्वासले बेपत्ताहरुको विषयमा जानकारी दिन धेरै आयोग, समिति बनेपनि यर्थात जानकारी अहिलेसम्म पाउन नसकेको उल्लेख गरिन्। कार्यक्रममा विश्वासले आफन्तहरुको मृत्यु भए वा कतै जिवितै छन् भन्ने कुराको जानकारी राज्यले दिनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘सशस्त्र द्धन्दका क्रममा राज्यपक्ष र विपक्षबाट भएका घटनामा हाम्रा परिवार सदस्य हराएकाछन्।यसविषयमा राज्यले केही बोलेको छैन। बेपत्ताको खोजविनदेखि छानविनका लागि धेरै आयोग बने, समिति बने। तर कसैले काम गर्न सकेनन्। अहिले नयाँ गठन भएको आयोगको विषयमा समेत प्रश्न उठ्न थालेको छ।’
नयाँ गठन भएको आयोगमा द्वन्द्व पीडितको प्रतिनिधित्व नभएको गुनासो आएको बताउँदै विश्वासले आयोगविरुद्ध अब पीडित पक्षले विद्रोह सुरु गर्न थालेको उल्लेख गरिन्।

कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शोभा पालुंगाले नयाँ आयोग गठन भएसंगै अब संक्रमणकालिन न्याय टुंगोमा पुग्ने र पीडितले न्याय पाउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले संक्रमणकालिन न्याय टुंगोमा पुर्‍याउन सबै पक्षको रचनात्मक भूमिका आबश्यक रहेको बताएका थिए।

इन्सेकका अनुसार सशस्त्र द्धन्दका क्रममा मुलुकभर ९ सय ३१ जना बेपत्ता छन्। त्यसैगरि, कोशी प्रदेशमा ७७ र मोरङ जिल्लामा १४ जना नागरिक बेपत्ता अवस्थामा छन्। त्यसैगरी, विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?