दूधको रकम भुक्तानीको माग गर्दै लैनचौरमा किसानको धर्ना, प्रहरी हस्तक्षेपपछि धकेला-धकेल (तस्बिरसहित)

दूधको रकम भुक्तानीको माग गर्दै लैनचौरमा किसानको धर्ना, प्रहरी हस्तक्षेपपछि धकेला-धकेल (तस्बिरसहित)
+
-

काठमाडौँ- नेपाली दुग्ध उत्पादक किसानहरूले लामो समयदेखि भोग्दै आएको समस्या र दुग्ध मूल्य भुक्तानी नपाएको गुनासोलाई लिएर आज अखिल नेपाल किसान महासंघको आयोजनामा दुग्ध विकास संस्थानको लैनचौरस्थित कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको छ।

महासंघका अनुसार पटक-पटक दुग्ध विकास संस्थान लगायत सम्बन्धित निकायहरूलाई दूधको मूल्य भुक्तानीबारे ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस कदम नचालिएकोले दबाबमूलक कार्यक्रमको रुपमा आजको धर्ना आयोजना गरिएको हो।

धर्नाका क्रममा प्रहरी र प्रदर्शनकारी किसानहरूबीच केहीबेर धकेला-धकेल भएको थियो। प्रहरीको हस्तक्षेपपछि वातावरण केही तनावपूर्ण बने पनि अहिले किसानहरू शान्तिपूर्ण रूपमा धर्नामा बसेका छन्।

किसानहरूले दूधको समयमै भुक्तानी, न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादन लागतअनुसारको मूल्य समायोजन, तथा दुग्ध व्यवसायीहरूको एकाधिकार अन्त्य गर्नुपर्ने माग राखेका छन्।

अखिल नेपाल किसान महासंघका नेताहरूले चेतावनी दिँदै भनेका छन् कि, “यदि किसानका जायज मागहरू तत्काल सम्बोधन भएनन् भने आन्दोलन अझ सशक्त बनाइनेछ।”

सम्बन्धित निकायहरूबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

थप तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?