रानीपथस्थित ढाट नम्बर ३ नजिकको अवरोध खोल्न हलुका सवारी चालकको माग

रानीपथस्थित ढाट नम्बर ३ नजिकको अवरोध खोल्न हलुका सवारी चालकको माग
+
-

मोरङ – विराटनगरबाट भारतको सीमा जोगबनीतर्फ जाने तीन नम्बर ढाटको नजिक रहेको चौक क्षेत्रमा सवारी आवतजावत रोकिएकोमा प्रदर्शन गरिएको छ। सोमबार हलुका सवारीसाधनका चालकहरूले ढाट नजिक रहेको सीमा प्रहरी कार्यालय अगाडी लगाइएको अवरोध अविलम्ब हटाउन माग गरेका छन्। कोभिड १९ को समयबाट सवारीसाधनको आवतजावतलाई बन्द गरिएको सो क्षेत्र सिटी सफारी चालकहरूले अवरोध हटाउन माग गरेका हुन्।

विराटनगर बजारबाट जोगबनी जाने क्रममा वडा नम्बर १६ पर्ने रानी पथमा सुरक्षाका दृष्टिकोणले सवारी आवतजावतमा रोक लगाइएको बताइएको छ।
सोही वडाका अध्यक्ष उद्धव भुजेलका अनुसार भन्सार कार्यालयको मुख्य भवन आसिपीतर्फ स्थानान्तरण भएसंगै सो स्थानमा रोक लगाइएको हो।

उनले भने,‘केही वर्षअघि जब भन्सार कार्यालय परिसर आइसिपीतर्फ सर्‍याे। त्यसपछि ठूला सवारी साधन उतैबाट निस्कन थाले। त्यसपछि कोभिड महामारी आयो। त्यसैबेलाबाट सुरक्षाका दृष्टिकोणले सो स्थानमा सवारीआवतजावतमा रोक लगाइएको हो।’

ढाट नजिकको मोडमा राखिएको अवरोध हटाउँटा सीमा क्षेत्रमा अत्याधिक भीडभाड हुने गरेको बताएका उनले सर्वसाधारण र सिटी सफारीको सहजताका लागि भन्दापनि समग्र सुरक्षाका लागि भन्सारले नै त्यहाँ रोक लगाएको उल्लेख गरे।

सवारी अवरोध लगाइएको चौकबाट करिब २ सय मिटर उत्तरसम्म भने सवारी साधनलाई कुनै रोकटोक नभएको उनले बताए। यद्धपी, रानीपथ हुदै ढाट नम्बर ३ सम्म निर्वाध जान पाउनुपर्नेमा सहित आफूहरू सडकमा आएको सिटी रिक्सा चालक भुवनेश्वर मण्डलले बताए। कोशी राजमार्गतर्फबाट सवारी साधनलाई आवतजावतमा रोकटोन भएको बताउँदै मण्डलले पुरानो सडक रानीपथलाई पनि सरकारले सुचारु गरिदिनु पर्ने उनले बताए।

सिटी रिक्सा चालकहरूका अनुसार भन्सार कार्यालयले सडक बन्द गरिराखेको हुँदा यात्रु बोक्ने सिटी सफारीको आम्दानीमा कमी आएको छ। प्रदर्शनीका क्रममा उनीहरूले रोजगारीको सुनिश्चिता, अवरोध सडक खुलाउनुपर्ने, नाका बन्द किन, सीमानाका खोल्न नाराबाजी गरेका थिए। हाल रोकिएको स्थान नजिक कोभिड हेल्प डेक्ससंगै अन्य संस्थाका ससाना कार्य गर्ने स्थल रहेकाछन्। जहाँ भीडभाड हुँदा काममा समेत असहजता हुने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?