
बर्षा शाह
भदौ १६, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – वसन्तपुर दरबार क्षेत्रमा यतिबेला इन्द्रजात्राको तयारी तीव्र पारिएको छ।
दरबार क्षेत्रमा रहेका मन्दिरहरूको सरसफाइ गर्ने झल्लर फेर्नेलगायतका काम भइरहेको छ। इन्द्रजात्राको अवसरमा वर्षमा एकपटक यसरी मन्दिरहरूको झलार फेर्ने गरिन्छ।
भदौ २१ गते इन्द्रजात्रा पर्व मनाइँदै छ। इन्द्रजात्रामा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिने गरेको छ।

