काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा छौँः राजेन्द्र महतो

काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा छौँः राजेन्द्र महतो
+
-

मोरङ – २०७२ सालमा सार्वजनिक भएको मुलुकको संविधानमा त्रुटिको चाङ रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्।

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष महतोले त्रुटिपूर्ण रहेको संविधान सच्याउनका लागि पटक–पटक सरकारलाई आग्रह गरिएको बताए।

पहिचान र अधिकारविहीनहरुको पक्षमा संविधान नरहेको बताउँदै महतोले संघीय राजधानी केन्द्रित आन्दोलनको तयारीमा मधेशी राजनीतिक दल रहेको बताए।

उनका अनुसार मधेशवादी दल, आदिवासी जनजातिले संयुक्त रुपमा आफ्नो हकअधिकारको लडाइँका क्रममा आन्दोलनलाई अघि बढाउने भएको हो। पत्रकार सम्मेलनमा अध्यक्ष महतोले पहिचान तथा अधिकारविहीन संघीयतालाई फाल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा हुने जानकारी दिए।

उनले भने, ‘अमेरिका, भारतमा बनेको संविधान समयसापेक्ष संशोधन भए। अधिकारविहीनलाई अधिकार दिए। तर हाम्रो संविधान अझै पनि उत्पीडित वर्ग, आदिवासी जनजाति, मधेशीको मुद्दामा आवाजविहीन रहेको छ। मुलुकका थारु, मुस्लिमसहित सीमान्त वर्ग अझै पनि अधिकारविहीन अवस्थामा छन्। मुलुकलाई वन नेशन वन थ्योरीको आधारमा शासन भइरहेको हुँदा अब ती शासकविरुद्ध आन्दोलन हुनेछ।’

विभिन्न ६ वटा मधेशी राजनैतिक दलको संघीय लोकतान्त्रिक मोर्चाले आन्दोलनको तयारीका क्रममा जागरण अभियान गर्दै जनतासँग राय सुझावसमेत संकलन गरिरहेको उनले बताए।

महतो सोमबार मोर्चाको कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन्। उनका अनुसार मोर्चाले अब सप्तरीको राजविराज र जनकपुरमा जागरण अभियानलाई अघि बढाउनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?