डा. केसीले तोडे सत्याग्रह

डा. केसीले तोडे सत्याग्रह
+
-

धनगढी – कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा रहेको सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन दिने सत्याग्रहमा बसेका चिकित्सक डा. गोविन्द केसीले सत्याग्रह तोडेका छन्।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले आज दिउँसो कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर तीन दिने सत्याग्रह तोडेका हुन्।

आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार ग्लुकोजको मात्रा ३७ पुगेको थियो। आइतबार अपराह्नबाट सत्याग्रह सुरु गरेका डा. केसीले मंगलबार दिउँसो तोडेको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए।

तेइसौँ सत्याग्रह थालेका डा. केसीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने, शुल्क वृद्धि नगर्नुपर्ने, सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग गरेका छन्।

दोस्रो मागमा उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्नुपर्ने बताएका छन्। यसअघि भएका सबै सम्झौता र माग कार्यान्वयन तथा पूरा गर्नुपर्ने उनको माग छ।

लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र त्यसको सुनिश्चितता गर्न नेपाल सरकारसँग उनले माग गरेका छन्।

चौथो मागमा उनले युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायलसमक्ष माग गरेका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय संघर्ष समितिको समेत सत्याग्रह तोड्ने कार्यक्रममा उपस्थिति रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?