पेरिसमा युक्रेनको सुरक्षा सुनिश्चितताका लागि उच्चस्तरीय वार्ता हुने

पेरिसमा युक्रेनको सुरक्षा सुनिश्चितताका लागि उच्चस्तरीय वार्ता हुने
+
-

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसँग पेरिसमा उच्चस्तरीय छलफल गर्ने भएका छन्।

उनको कार्यालयका अनुसार उक्त भेटवार्तामा रसियासँग सम्भावित शान्ति सम्झौता भएपछिको अवस्थालाई ध्यानमा राखी युक्रेनको दीर्घकालीन सुरक्षा प्रत्याभूतिका विषयमा विचार विमर्श गरिनेछ।

राष्ट्रपति जेलेन्स्कीले युरोपेली संघकी अध्यक्ष उर्सुला भन डेर लेयेन, नेटो महासचिव मार्क रुटे, जर्मन चान्सलर फ्रेडरिक मर्ज र बेलायती प्रधानमन्त्री कीयर स्टारमरसँग ‘युक्रेनका लागि विश्वसनीय सुरक्षा प्रत्याभूति’ सम्बन्धमा विस्तृत छलफल  गर्नेछन्।

उक्त जानकारी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र बेलायती प्रधानमन्त्री स्टारमरले संयुक्त रूपमा वार्ताको अध्यक्षता गर्नेछन्।उनीहरूले ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ मार्फत युरोपेली स्तरमा युक्रेनलाई भावी सम्भावित आक्रमणबाट सुरक्षित राख्न सकिने व्यावहारिक प्रस्तावहरू तयार पार्ने उद्देश्य राखेका छन्।

युक्रेनले नेटो सदस्यता तत्काल सम्भव नभएमा नेटो जस्तै सुरक्षा प्रत्याभूति तथा युरोपेली शान्ति सेनाको समर्थनमा जोड दिँदै आएको छ।

यसबीच, रुसले भने युक्रेनमा कुनै पनि पश्चिमी सैनिकको उपस्थिति स्वीकार गर्न नसकिने अडान पुनः दोहोर्‍याएको छ।रासस/एएफपी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?