
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँचदिने भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्केका छन्।
चिनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली नेपाल फर्केका हुन्।
प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणामा गत भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।
प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू समेत सहभागी भएका थिए।
तस्बिरहरू: