कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिने

कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिने
+
-

मोरङ – कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना प्रदेश घोषणा गरिने भएको छ।
विराटनगरमा बिहीबार आयोजित छलफलका क्रममा स्वास्थ्य मन्त्रालय प्रदेश खोप समन्वय समितिले भदौ २५ गते पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश घोषणा गर्ने जनाएको छ।

छलफलका क्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप सुपरभाइजर अधिकृत भरत भण्डारीले राष्ट्रिय खोपको लक्ष्य, उद्देश्य, अवस्था, चुनौति र आगामी कार्यदिशाको विषयमा सरोकारवाला निकायसंग छलफल गरिएको बताए। यसक्रममा खोप अधिकृत भण्डारीले गत असार ३० गतेसम्म प्रदेशका पाँच वर्षमुनीका सबै बालबालिकाहरुलाई खोप लगाइसकिएको जानकारी दिए।

उनले भने, ‘असार ३० भित्र प्रदेशभित्र रहेका पाँच वर्ष मुनीका बालबालिकाहरुलाई खोप लगाइसकिएको रेकर्ड वडा, पालिका, जिल्लाले प्रमाणीकरण गरि प्रतिवेदन दिएको छ। त्यसैले पनि हाम्रो प्रदेशपनि पूर्ण खोप सुनिश्चित भयो भनेर भदौ २५ गते सार्वजनिक गर्ने तयारीमा छौ।’

छलफलमा उनले पूर्ण खोप लगाएको घोषणा भन्दापनि बालबालिकालाई खोप लगाउनु नै ठूलो कुरा भएको बताए। उनले भने, ‘यो कार्यक्रमबाट हामीले प्रदेशमा एउटापनि बालबालिका खोपबाट बन्चित नहोस भन्ने उद्देश्यले घरघरमा पुगेर बालबालिका खोज्ने र छुटेकाहरुलाई खोप लगाउने कार्यलाई नै पूर्ण खोप मानेको छौ।’

कार्यक्रममा सरकारले कोही बालबालिका खोपबाट बञ्चित नहुन भन्ने अभियान अन्र्तगत बिद्यालय भर्ना, जन्मदर्ता, राष्ट्रिय भिटामिन ए अभियान लगायतका कार्यक्रम संचालन गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?