एक चिहान नाटक हेर्न विद्यार्थीको आकर्षण बढ्दै

एक चिहान नाटक हेर्न विद्यार्थीको आकर्षण बढ्दै
+
-

मोरङ – यो कथा विशुद्ध नेवार जातिभित्र ज्यापू समुदायको हो। अध्यारो र चकमन्न वातावरणसंगै मधुरो र धिपधपाउँदो प्रकाशले अशक्त अष्टनारायणको शरीर वरिपरि परिवार सदस्य चिन्तित भेटिन्छन्। सामान्य खेतीकिसान गर्दै आएको अष्टनारायणको परिवार ब्यग्र चिन्तामा छ। घरको दलानमा श्रीमति लतमाया, तीनभाई छोरा, छोरी बुहारी अष्टनारायणलाई केही नहुने भन्दै थपथपाउँदै छन्।

बिरामीले च्यापेर अशक्त बनेका अष्टनारायणको परिवारवरिपरि घुमेको कथालाई जीवन्त दिने प्रयास विराटनगरको सुशीला कोइराला नाटकघरमा गरिदैंछन्। परिश्रमगरि आधा पेट खाएर अरुलाई भरपेट खुवाउने पेशा अंगालेका कृषक अष्टनारायणको देहान्तपछि उनको परिवारमा देखिएको विचलन, अरुलाई औषधिमूलो गरि स्वस्थ्य बनाउने डाक्टर र बृद्ध सुरमान सुब्बाको अष्टनारायणकी छोरी नानीथंकुमाथिको कुदृष्टि, आर्थिक अभावमा झेलिएको जेठो छोरा शिवनारायणको पारिवारिक जिम्मेवारीले एउटा कृषकको जीवनलाई जीवन्तता बनाउने प्रयास गरिएको कथा हो “एक चिहान”। गरिबीको चरमविन्दूबाट गुज्रिएको अष्टनारायणको मृत्युबाट सुरु भएको नाटक “एक चिहान” अन्ततः खेतमा काम गर्दागर्दैै सबैपरिवार एक चिहान भएको वियोगान्तबाट अन्त्य हुन्छ।

२०१७ सालमा हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित एक चिहान कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममा समेत राखिएको छ। विराटनगरमा कला, थिएटरप्रति सर्वसाधारणलाई चेतना दिलाउने प्रयासका रुपमा एक चिहानलाई अघि सारिएको नाटकका संयोजक देवेन्द्र यादवको भनाई छ। स्थानीय सास्थम कलेजबाट हस्पिटालिटी विषय अध्ययन गरेका यादवलाई नाटकप्रतिको मोह ८ वर्षअघि सुरु भएको थियो।

२०७४ सालमा नाट्य क्षेत्रमा प्रवेश गरेका यादवले त्यस समयसमेत यही नाटकमा अभिनय गरेका थिए। त्यसपछि, अध्ययनसमेतलाई निरन्तरता दिदै आएका यादवले थिएटर र नाटकलाई भुल्न नसकिने बताए। उनले भने, “नाटक क्षेत्रपनि नशा हो। पछिल्लोकेही वर्ष आफ्नो अध्ययनमा लागेपनि अहिले फेरि नाटक र थिएटरमै रमाउने प्रयास गरिरहेको छु। उपन्यास एक चिहान नाटकले विशुद्ध रुपमा सामाजिक चेतना, कृषकको जीवन, संस्कारलाई बोध गराउने प्रयास गरेको छ। फेरि यो विषय कक्षा १२ को पाठ्यक्रममा राखिएको हुँदा विद्यार्थीलाई समेत यसले त्यो कालखण्डमा पुराउन सकोस भनेर नाटकलाई अघि बढाएका हौ।”

भदौ २७ गतेसम्म मञ्चन हुने नाटकमा सीमित केही कलाकारबाहेक नयाँ अनुहार समेत रहेको उनको भनाई छ। यादवले भने, “१ घण्टा ४५ मिनेटको कथा १३ जना नाट्य कलाकारभित्र केन्द्रित छ। जहाँ अष्टनारायणको छोरी नानीथंकुको भूमिकामा रहेकी दिव्यांका खड्का, महिली बुहारी उपसना राईले डेब्यू गरेका हुन्। डाक्टरको भूमिकामा रहेका प्रदीप दाहाल र नानीथंकुबीचको असफल प्रेम, डाक्टरकी श्रीमती रञ्जना देवी अर्थात अमिशा वाग्ले र नानीथंकुबीच नारी र नारीबीचका भ्रमलाई चिर्न गरिएको संवाद ओजपूर्ण रहेको छ।”

अष्टनारायणका जिम्मेवार जेठा छोरा शिवनारायण अर्थात उद्धव सापकोटाले छोटोसमयमा नाटकले राम्रो प्रतिक्रिया पाएको बताए। आरोहण गुरुकुुलका अध्यक्ष भैरव क्षेत्रीले शैक्षिक क्षेत्रलाई बढि प्रभावित गर्ने उपन्यासको नाटकका लागि विद्यालयहरुलाई निमन्त्रण गरेको बताए। उनले भने, “सुरुको पहिलोदिन एक शो गरेर, विद्यालयका प्रमुख, शिक्षकहरुसंग प्रतिक्रिया लियौं। त्यसपछि, बीकेभिएमले दुई शोसहित शिक्षादीप, ग्रीनल्याण्डले सकारात्मक प्रतिक्रिया दिए। दैनिक दुई शो मञ्चन गर्ने योजना राखेपनि विद्यालयको चापसंगै दैनिक ३ शो गर्नुपर्ने अवस्था आएको छ। यो नाटक र कलाकारका लागि सुखद कुरापनि हो।”

यद्धपी, विराटनगरका सर्वसाधारणमा नाटकप्रति अझैपनि चासो देखिन नसकेको उनको गुनासो छ। उनले भने, “हामी विराटनगरवासीमा नाटक हेर्न र त्यसको आनन्द लिनका लागि समय छैन भन्नुपरो। विराटनगरवासीमा नाटकप्रति चासो एकदम कम छ। जबकी पूर्वतर्फ झापा, मोरंगको पथरी, उर्लाबारी, सुनसरीको इटहरी, धरान लगायतका स्थानमा सर्वसाधारणमा नाटकप्रति औधी आकर्षण रहेको छ।”

हाल मञ्चन भइरहेको एक चिहानलाई सफल बनाउन बिषेशगरि सास्थम कलेजले प्रवद्र्धन र बगैंचा र विराट किचेनले सहयोग गरेको उनले बताए। भदौ ११ गतेबाट सुरु भएको एक चिहान नाटकमा विद्यालयको आकर्षण बढेसंगै हाल दैनिक ३ शो मञ्चन हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?