माेरङ – विराटनगर किङ्सले विराटनगरमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाल प्रिमियर लिगको टोली किंग्सले विराटनगरस्थित जैन भवनमा शनिबार नितेश जंग कुँवरसहित अन्य कलाकारले प्रस्तुति दिने बताइएको छ। बेलुका हुने कार्यक्रममा कुँवरसंगै विराटनगरका शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले साथ दिनेछन्।
सांगीतिक कार्य क्रमका लागि प्रति टिकट २ सय रुपैयाँ तोकिएको बताउँदै किंग्सका मालिक मध्येका ब्यकटेश मुन्दडाले किङ्सको जर्सी लगाएका दर्शकलाई भने टोलीको समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइने बताए। मुन्दडाले भने, “विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्धगराउँदै आएको छ।
अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौं। यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन विश्वास लिएकाछौ।”
आउने मंसिरबाट सुरु हुने प्रिमियर लिगमा आठ टोलीको सहभागिता रहनेछ।