
काठमाडौँ – आज इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइएको छ। इन्द्रजात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन मनाइन्छ।
काठमाडौँको वसन्तपुर क्षेत्रमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतले इन्द्रजात्राको अवलोकन गरे।
त्यसक्रममा सर्वसाधारणहरूले मेयर शाहको पक्षमा नारा लगाएका थिए। इन्द्रजात्रा अवलोकन गरिरहेका प्रधानमन्त्री ओलीले हात हल्लाएर अभिवादन गरिरहँदा उनीहरू ‘बालेन, बालेन’ भन्दै चिच्याएका थिए।
त्यतिबेला मेयर शाह राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली उभिएको भन्दा पछिल्लो पङ्तिमा उभिएका थिए। त्यसपछि उनी प्रधानमन्त्री ओली उभिएकै पङ्तिमा गएर हात हल्लाएका थिए। उनले हात हल्लाउँदा सर्वसाधारणहरूले ‘बालेन, बालेन’ भन्दै नारा लगाए।
मेयर शाह गत वर्षको इन्द्रजात्रामा सहभागी भएका थिएनन्। गत वर्षको इन्द्रजात्राको दिन उनी भारतमा थिए।