मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित
+
-

काठमाडौँ – आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको छ। मुन्धुम र बौद्ध दर्शनबीचको देशना, विमर्श र संवादमा आधारित उपन्यासको आज यहाँ आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो। यो योङहाङको आठौँ कृति हो।

उपन्यासको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उपन्यासले पाठकलाई बौद्ध र लिम्बू दर्शनसँगै मुलुकमा विद्यमान जीवन दर्शनको परिचय गराउने बताए। उनले उपन्यासमा मिथक र शैलिगत विचित्रताको प्रयोगबारे चर्चा गरे।

“पाठकहरूलाई मुन्धुम दर्शन के हो भन्ने जानकारी हुन्छ। जीवन दर्शनका अन्य विषय जानकारी हुन्छ। हामी ज्ञान मिमांसाको क्षेत्रमा कति धनी छाँै भन्ने ज्ञान हुन्छ”, आयामेली कवि काइँलाले भने।

उपन्यासकार योङहाङले मुन्धुम दर्शन एक समुदायमा मात्र सीमित नहोस् भन्ने मनसायले सबै समुदायका पाठकमा यसका महत्त्व पु¥याउन उपन्यासले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले यसअघि आफ्नो कृति ‘थोक्फेला ९लालीगुरासँको फूल०’ को प्रकाशनपछि पाठकको सुझावअनुसार नै यसपटक ‘सेक्युमरी फूल’ लेखिएको प्रसङ्ग उल्लेख गरे।

“कतिपय पाठकले जीवनदर्शन बुद्धकालीन समय र किरातकालीन मुन्धुम परिवेशलाई आधार बनाइ एउटा कृति लेख्नुहोस् भनेपछि मैले विसं २०६५ मा यो पुस्तक तयार गरेको थिए”, लेखक योङहाङले भने, “यसमा मैले बुद्धकालीन घटना र समय, थेरबाद हीनयान सम्प्रदायमा आधारित भएर लेखेको छु। मुन्धुमी परिवेशलाई पाठकसमक्ष पुर्‍ याउने प्रयत्न गरेको छु।”

उपन्यासमाथि टिप्पणी गर्दै साहित्यकार कृष्ण धरावासीले मुन्धुमी जीवन दर्शनमा आधारित लेखनले हाम्रा दर्शनहरूको बलियो पक्ष साक्षात्कार गर्ने धारणा राखे। “पश्चिम साहित्यका सिद्धान्त आए, आइरहेका छन्। ती सिद्धान्तलाई जस्ताको त्यस्तै अनुकरण नगरेर यी सिद्धान्तमा हाम्रो मुन्धुम, वेद, उपनिशदमा के समानता र भिन्नता छन् भन्ने लेख्न तथा अध्ययनबाट खोज्न आवश्यक छ”, उनले भने।

उपन्यासबारे डा सञ्जिव हुमागाईं, अनुपमा रेग्मी र दीपक लुङ्गेली मगरले समीक्षा गरेका थिए। उनीहरूले यस उपन्यासमा बुद्धदर्शन र लिम्बू दर्शनको उठान गरिएकाले पठनीय रहेको बताउनुभयो। यस उपन्यासबाट जीवनको मूल्यमान्यता बुझाउने प्रयत्न गरेको वक्ताहरूको विश्लेषण थियो।

हिलिहाङ डटकमका लागि रीता थाम्सुहाङद्वारा प्रकाशित यस उपन्यासमा तीन भाग छन्। पहिलो भागमा आत्मनिष्ठताः उत्सुकता, दोस्रो भागमा आत्मबोधस् देशना र मुन्धुम र तेस्रो भागमा आत्मसात्स् प्रतिविम्ब रहेको छ। सेक्मुरी फूललाई किरात मुन्धुममा जीवनको प्रतीक मानिन्छ। लेखकको यसअघिको कृति थोक्फेलाको दोस्रो श्रृङ्खलाको रूपमा यस उपन्यासलाई लिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?