
धनगढी– सूचीकरणमा नआएको भन्दै सरकारले भदौ १९ गतेदेखि सामाजिक सञ्जाल बन्द गरेपछि त्यसकाविरुद्धमा जेन-जी (२८ वर्षमुनी) पुस्ताका युवहरूले सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा पनि प्रदर्शन गरेका छन्।
धनगढीमा रहेकाे जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेट अगाडि विभिन्न ब्यानर र नारासहित उनीहरू प्रदर्शनमा छन्।
जेन-जीले जनताको पसिना नेताको ऐश होइन, जनताको आवाज रोकिँदैन, जनताकाे पैसा जनताका लागि लगायतका प्ले कार्डसहित प्रदर्शन गरिरहेका छन्।
सुरुमा २०-२५ जनाकाे समूहमा रहेपनि अहिले संख्या बढ्दै गएको छ।