
काठमाडौँ– काठमाडौँको नयाँ बानेश्वरमा जेन-जी युवाहरूको गरिरहेको प्रदर्शन अझै नियन्त्रणमा आउन सकेको छैन।
प्रहरीले भीड नियन्त्रणमा लिनका लागि रबरका गोली चलाउँदा पनि प्रदर्शनकारीहरू संसद् भवन छिर्न प्रयास गरिरहेका छन्। अहिले संसद् भवन बाहिरको पर्खालसमेत भत्काउने प्रयास उनीहरूले गरिरहेका छन्।
प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने तीन जना पत्रकार घाइते भएका छन्।
तस्बिरहरू: