
काठमाडौँ – सरकारले जेन–जी पुस्ताको आन्दोलनमा बर्बर दमन गरेको छ।
सोमबार नयाँ बानेश्वरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर हालसम्म १५ जनाले ज्यान गुमाइसकेका छन् भने डेढ सय जनाभन्दा बढी गम्भीर घाइते भएका छन्। घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ।
जेन–जी पुस्ताले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध विद्रोहको घोषणा गर्दै सोमबार देशभर प्रदर्शन गरेको हो। त्यसक्रममा आन्दोलनकारीले नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गरेपछि प्रहरीले गोली चलाएको हो।
सरकारी दमनको चौतर्फी विरोध भएको छ। विद्यार्थीमाथि गोली बर्साएर हत्या गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ।