
काठमाडौँ- जेन-जी पुस्ताले सोमबार गरेको आन्दोलनमा सरकारले निर्मम बल प्रयोग गर्दा काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको ज्यान गुमेको छ।
संसद् भवनअगाडि प्रहरीले प्रदर्शनकारीहरुमाथि निर्मम बल प्रयोगमात्र गरेन, नजिकैकै सिभिल अस्पतालमा प्रहरीले निर्मततापूर्वक अश्रुग्यास प्रहार गर्यो। सिभिल अस्पतालमा ३ जनाको ज्यान गुमेको छ भने सयभन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ।
सिभिल अस्पतालमा घाइतेहरूको चाप बढ्दा र सुरक्षाकर्मीहरूको पनि त्यहाँ अनधिकृत प्रवेश बढ्दा त्यहाँको वातावरण तनावपूर्ण बनेको छ।
त्यहाँका चिकित्सकहरूले शैय्या अभावमा कतिपय घाइतेहरूलाई अन्यत्र रिफर गरेका छन् भने सिभिल अस्पतालमा पानी, रगत र अक्सिजन अभाव भएको छ।
तस्बिरहरू: