
काठमाडौँ – जेन–जी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र अझै पनि सामान्य अवस्थामा फर्किएको छैन।
बेलुका पनि केही प्रदर्शनकारीहरू बानेश्वर क्षेत्रमै छन्। सरकारले कर्फ्यु लगाएर सेना परिचालन गरे पनि अवस्था अझै पनि तनावग्रस्त नै देखिन्छ। अझै पनि प्रहरी र केही आन्दोलनकारीबीच झडप भइरहेको छ।
जेन–जी आन्दोलनमा प्रहरीले दमन गर्दा गोली लागेर काठमाडौँमा १७ र इटहरीमा दुई जना गरी १९ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएका छन्।
चौतर्फी दबाबपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।