माइती देवी अर्थात मैतीदेवी

झकिझकाउ मयूर तिर्थ

झकिझकाउ मयूर तिर्थ
+
-

काठमाडौँ – आश्विन नवरात्रको महात्म्य निकै भव्य छ । बडा दसैँका रुपमा अधिकांश नेपाली मनाउने महान पर्वको रौनक बुधबार घटस्थापनाका दिनदेखि झन सबैतिर चढेको छ ।

काम तथा पढाईका लागि विभिन्न जिल्लाबाट आएकाहरु काठमाडौँबाट बाहिरिने क्रम बढ्दै गएपछि काठमाडौँ उपत्यकामा मानिसको संख्या केही पातलिएको छ । तर रौनक भने उच्च छ ।

नवरात्रमा हरेक दिन माता दुर्गाका विविध रुपहरुको पूजा गर्ने गरिएको छ । बिहीबार दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको छ । यो अवधिमा विभिन्न शक्तिपिठहरु झकिझकाउ बनाउने गरिन्छ । काठमाडौँको मैतीदेवीमा रहेको माताको मन्दिरमा पनि नवरात्रको रौनक लागेको छ ।

करिब चारसय वर्षभन्दा पुरानो यो मन्दिर काठमाडौँ उपत्यकाको मध्य भागमा अवस्थित छ । यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ। जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए।

बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तीनै पञ्चदेवीको माइतीका रूपमा यसलाई माइती देवी हुँदै मैतीदेवी भन्ने गरिएको हो।

त्यस्तै एउटा अर्को भनाई अनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शिला) भेटे। त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए।

त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा उडिरहेका बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए। त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सबिस्तार देवीहरूलाई बताए।

पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्। त्यसैले कतिपयले यसलाई मयूर तिर्थ समेत भन्ने गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?