
जनकपुरधाम- जनकपुरधाममा दुई दिनको आन्दोलन पछि बुधबार जनजीवन सामान्य बन्न थालेको छ ।
आज जनकपुरधाममा आम नागरिकको चहलपहल सुरु भएको हो ।
मुरली चौक, रामानन्द चौक, भानुचौक, जनक चौक लगायतको क्षेत्रमा चहलपहल देखिएको हो । यद्यपि केही पसल बाहेक बजार अहिले बन्द रहेको छ ।
मंगलबार आन्दोलनको क्रममा प्रदर्शनकारीले मधेस प्रदेश सरकारको प्रशासनिक भवनहरुमा आगजनी गरिएको थियो भने राजनीतिक दलका नेताहरूको घरमा आगजनी गरिएको थियो ।
जनकपुरधाम क्षेत्रमा अहिले सुरक्षाकर्मीको उपस्थिति न्यून देखिएको छ ।