
नेपालगन्ज – बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहबाट बालबन्दी भागेका छन्।
आज दिउँसो सवा २ बजेतिर बालसुधार गृहमा रहेका १२२ जना बालबन्दी भागेका हुन्। त्यहाँ २२८ जना बालबन्दी थिए।
जिल्लाकै नौबस्तामा रहेको बालसुधार गृहबाट बालबन्दी भागेको थाहा पाएका जयेन्दुका बालबन्दी पनि गेटको लक तोडेर भागेका छन्। भाग्न मन नगरेका बालबन्दीमात्रै बसिरहेका छन्।
बनलसुधार प्रशासनले आज बिहानभरी मोबाइल दिएको थिएन। घरबाट जरुरी फोन आउँछ भनेर मोबाइल लगिएपछि विभिन्न ठाउँको समाचार हेरेर बालबन्दी भागेको बुझिएको छ।
विगतमा जयेन्दुमा पटक–पटक बालबन्दीका बिचमा झडप हुने गरेको थियो। यहीबाट धेरैलाई नौबस्ता सारिएको थियो। अपराधकर्ममा लागेका १८ वर्षमुनिकालाई बालसुधार गृहमा राख्ने गरिन्छ।