
काठमाडौँ– जेन-जीको आन्दोलनले मंगलबारदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपनि यात्रुले विमानस्थलभित्र प्रवेश पाएका छैनन्।
बुधबार ३:३० बजे विमास्थल खुलेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेपछि यात्रुहरू विमानस्थल गइरहेका छन्। तर यात्रुलाई नेपाली सेनाले मुख्य गेट बाहिरै रोकिरहेको छ।
सेनाले भित्रबाट प्रवेशका लागि अनुमति नपाएको भन्दै यात्रुलाई जान नदिएको हो।
यात्रुहरूले सूचना आइसकेको र एयरलाइन्सहरूले पनि तयारी रहन भनेको भन्दै आफूहरू भित्र जानका लागि आएको बताएका छन्।
यात्रुको बाहिरी गेट बाहरनै भीड लागिरहेको छ।