
काठमाडौँ- कतिपय जेनजीका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति गरे पनि सैनिक मुख्यालयअगाडि बुधबार साँझ जम्मा भएका युवाको भिडले भने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह वा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई अन्तरिम सरकार प्रमुखमा छान्नुुपर्ने माग राखेका छन्।
सोही क्रममा धरान उपमहानगरपालिकाका मेयर साम्पाङ पनि सैनिक मुख्यालय अगाडि पुगेका छन्।
डिस्कोर्डमा हजारौँ जेनजीहरूले सुशीला कार्कीको नाममा सहमति गरे पनि सैनिक मुख्यालयअगाडि उभिएका युवाले उनको नाममा प्रश्न उठाएका हुन्।
सैनिक मुख्यालयअगाडि ठूलो संख्यामा युवाहरू अबेरसम्म कुनै निर्णय वा सहमतिको प्रतीक्षामा पर्खिरहेका छन्।