यस्तो छ देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको अवस्था (तस्बिरहरू)

यस्तो छ देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको अवस्था (तस्बिरहरू)
+
-

काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको छ।

सोमबार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकैदिन १९ जनाले ज्यान गुमाएका थिए भने सयौंको संख्यामा घाइते भए। हालसम्म देशभर ३४ जनाको मृत्यु भइसकेको छ।

भदौ २३ गते सरकारको बर्बर दमनपछि भदौ २४ गते मंगलबार देशभर आन्दोलन उग्र बन्यो। संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतमा आगजनी भयो।

आगजनीबाट देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार ध्वस्त भएको छ। सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित विभिन्न मन्त्रालयमा आगजनी र तोडफोड भएको छ।

सिंहदरबारभित्र रहेका सवारीसाधन आगजनीबाट नष्ट भएका छन्। भवनहरूबाट अझै पनि धुँवा निस्किरहेको देख्न सकिन्छ। सिंहदरबारभित्र रहेका गृह मन्त्रालय, नेकपा एमाले र कांग्रेसका संसदीय दलका कार्यालय प्रदर्शनकारीहरूको निसानामा परेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?