
काठमाडौँ – त्रिचन्द्र क्याम्पसअगाडि संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गर्नेहरूलाई नेपाली सेनाले हटाएको छ।
बिहीबार दिउँसो कांग्रेस, एमाले र माओवादीका विद्यार्थी संगठनले संविधान जोगाउन माग गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएका उनीहरूलाई स्वतन्त्र युवाहरूले लखेटेका थिए।
त्यसपछि उनीहरू फेरि भेला भएर नाराबाजी गरेका थिए। त्यस क्रममा नेपाली सेनाको टोलीले भीडभाड नगरिदिन आग्रह गर्दै त्यहाँबाट हटाएको थियो।