विराटनगरबाट छैटौँ प्रधानमन्त्रीमा कार्की नियुक्त, कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री

विराटनगरबाट छैटौँ प्रधानमन्त्रीमा कार्की नियुक्त, कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री
+
-
देशसञ्चार AI सारांश
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, भ्रष्टाचारविरोधी कार्यका लागि परिचित, जेनजी आन्दोलनपछि नेपालको प्रधानमन्त्री नियुक्त भएकी छिन्।
  • कार्की, न्यायपालिकामा पहिलो महिला प्रधानन्यायाधीश, त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र वरिष्ठ अधिवक्ता पनि हुन्।
  • उनका श्रीमान् दुर्गा सुवेदीले २०३० सालमा भारतीय रुपैयाँसहित विमान अपहरण गरेका ऐतिहासिक घटनामा संलग्न थिए।

मोरङ – जेनजी आन्दोलनसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन्। कार्कीको नियुक्तिसँगै विराटनगरले समेत छैटौँ प्रधानमन्त्री पाएको छ।

दुई दिनयताको लामो कसरतपछि र जेनजीको अडानसँगै कार्की शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

२००९ जेठ २५ गते विराटनगरको तत्कालीन वडा नम्बर ३ मा जन्मिएकी कार्की २०७३ साल असार २७ गते मुलुकको प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन्।

नेपाली न्यायक्षेत्रमा प्रधानन्यायाधिश हुने क्रममा कार्की पहिलो महिला हुन्। तत्कालीन समय प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गरेको थियो।

२०७४ जेठ सम्मका लागि प्रधान्यायाधिशको जिम्मेवारीवहन गरेकी कार्की न्यायपालिकाभित्र भ्रष्टाचारविरुद्ध कामका लागि परिचित छिन्।

कार्कीले विराटनगरकै महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बिए अध्ययन गरेकी हुन्। त्यससँगै उनले भारत बनारसस्थित हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिक शास्त्रमा एमए गरेकी छन्। यद्यपि, २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक पूरा गरेपछि कार्कीको कानुनी क्षेत्रमा पाइला अघि बढेको हो।
कार्कीले अधिवक्ताका रुपमा २०३५ साल चैतबाट काम सुरु गरेकी हुन्।

कामसँगै उनले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा २०४२ सालदेखि ३ वर्ष अध्यापनसमेत गरेकी छन्। धरानपछि विराटनगरमा पुनरावेदन अदालत स्थान्तरण भएसँगै कार्की पुनः विराटनगरको कोशी अञ्चल बारको अध्यक्षसमेत रहिन्।

०६१ साल पुसमा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन्। सोही क्रममा उनी सर्वोच्च अदालतको २०६७ साल मंसिरमा स्थायी न्यायाधीश भएकी हुन्।
उनका श्रीमान् दुर्गा सुवेदी नेपाली इतिहासको पहिलो हवाई अपहरणका एक अहं पात्र रहेका थिए। २०३० साल जेठ २८ गते सुवेदीसहित वसन्त भट्टराई, नगेन्द्र ढुंगेलको टोलीले करिब ३० लाख भारतीय रुपैयाँसहित विमान अपहरण गरेका थिए।

विराटनगरबाट अपहरण गरिएको विमान भारतको विहारस्थित फारविसगञ्जमा अवतरण गरेको २७ मिनेटमै फिर्ता आएको थियो। कार्कीको हाल विराटनगरस्थित वडा नम्बर ८ मा घर रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?