पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिवानको आक्रमण, १२ जनाको मृत्यु

पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिवानको आक्रमण, १२ जनाको मृत्यु
+
-
देशसञ्चार AI सारांश
  • दक्षिण वजिरिस्तान जिल्लामा पाकिस्तानी तालिबानको आक्रमणमा १२ सुरक्षाकर्मी मारिए र ४ जना घाइते भए।
  • पाकिस्तानी तालिबानको यो आक्रमण खैबर पख्तुनख्वामा पछिल्ला महिनाहरूमा सबभन्दा घातक मानिएको छ।
  • सन् २०२४ पाकिस्तानका लागि दशकको सबैभन्दा रक्तपातपूर्ण वर्ष बन्यो, एक हजार ६०० भन्दा बढीको मृत्यु भयो।

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ।

स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकहरूको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट भारी हतियारसहित आक्रमण गरिएको थियो। आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य ४ घाइते भएका छन्। घटनास्थलमा तैनाथ अर्का एक सुरक्षाकर्मीले पनि मृत्युको सङ्ख्या पुष्टि गरेका छन् र आक्रमणकारीहरूले सुरक्षाकर्मीहरूको हतियार पनि कब्जामा लिएको जानकारी दिएका छन्।

पाकिस्तानी तालिबान, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान भनिन्छ, यो समूह अफगान तालिबानबाट पृथक भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ। उक्त आक्रमणको जिम्मेवारी सोही समूहले सामाजिक सञ्जालमार्फत लिएको छ।

यो आक्रमण पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा प्रान्तमा भएको सबैभन्दा घातक घटनामध्ये एक हो। सो क्षेत्र केही वर्षअघिसम्म तहरीक–ए–तालिबानको प्रभावमा थियो, जसलाई सन् २०१४ देखि सुरु भएको सैनिक कारबाहीपछि पछि धकेलिएको थियो।

पाकिस्तानी सरकारले अफगानिस्तानमाथि आतंककारीहरूलाई आफ्नो भूमिबाट पाकिस्तानमाथि आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ, जुन आरोपलाई काबुलस्थित अफगान सरकारले अस्वीकार गर्दै आएको छ।

खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लाहरूमा स्थानीयहरूले तहरीक–ए–तालिबानको नाम लेखिएको पर्खाल लेखोटहरू देखिएको बताएका छन्। उनीहरू पुनः सोही समूहको त्रासद शासन फर्कने डर व्यक्त गर्छन्, जुन अमेरिकी ुआतङ्कविरुद्धको युद्धु को समयमा अफगानिस्तानबाट फैलिएको थियो।

एक वरिष्ठ स्थानीय अधिकारीका अनुसार पछिल्लो समय तहरीक–ए–तालिबानका लडाकूहरूको सङ्ख्या र आक्रमणहरूको संख्या दुबै बढेको छ।

सन् २०२५ को जनवरी १ देखि हालसम्म करिब ४६० जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सुरक्षाकर्मीहरू रहेका छन्। यी आक्रमणहरू खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका हुन्।

सन् २०२४ पाकिस्तानका लागि झन्डै एक दशक यताकै सबैभन्दा रक्तपातपूर्ण वर्ष बनेको थियो, जसमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, तीमध्ये करिब आधा सुरक्षाकर्मी र प्रहरी थिए, जसको विवरण इस्लामाबादस्थित अनुसन्धान संस्था ‘सुरक्षा अध्ययन तथा अनुसन्धान केन्द्र’ले दिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?