
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। उनले आज सिंहदरबारस्थित गृह मन्त्रालयको नवनिर्मित भवनमा आफ्नो पदभार ग्रहण गरेकी हुन्।
शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी कार्की आज बिहान सिंहदरबार पुगेर पदभार सम्हालेकी हुन्।
सिंहदरबारको मुख्य भवन जेनजी प्रदर्शनका क्रममा आगजनीपछि प्रयोग अयोग्य बनेको छ। त्यसैले प्रधानमन्त्री कार्यालय हाल अस्थायी रूपमा गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालनमा ल्याइएको हो।
पदभार ग्रहण समारोहमा उच्च पदस्थ अधिकारीहरू, मन्त्रालयका सचिवहरू तथा सुरक्षाकर्मीहरूको उपस्थिति देख्न सकिन्छ।
पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जाने क्रममा स्वागत मुख्यसचिव एकनारायण अर्याललगायतले उनलाई स्वागत गरेका थिए।
थप तस्बिरहरू: