
मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले आफ्नो कामकारबाही स्थगन गरेको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जेनजी आन्दोलनका क्रममा मंगलबार कार्यालयमा भएको आगजनी र तोडफोडबाट कार्यालयका अभिलेख तथा कागजात पूर्णरुपमा जलेर नष्ट भएको छ।
कार्यालयबाट विज्ञप्ति जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले कार्यालयमा भएको तोडफोड र आगजनिबाट सबै अभिलेखमा क्षति पुगेको र अहिलेको अवस्थामा कार्यालयबाट सेवा प्रवाह गर्न नसकिने अवस्था रहेको जानकारी दिएका छन्।
विज्ञप्तिमा अर्को सूचना नआउञ्जेलसम्म सेवाग्रही लक्षित सेवा स्थगन भएको जनाइएको छ। यद्यपि, छिटो सेवा प्रदान गर्नका लागि कार्यालय प्रयासरत रहेको विज्ञप्तिमा जनाइएको छ।