आन्दोलनका क्रममा भएका मोरङको सरकारी कार्यालयको क्षतिको मुचुल्का तयार गरिने

आन्दोलनका क्रममा भएका मोरङको सरकारी कार्यालयको क्षतिको मुचुल्का तयार गरिने
+
-

मोरङ – जेनजी युवाहरुको आन्दोलनका क्रममा मोरङमा भएका सरकारी कार्यालयमा पुगेको क्षतिको मुचुल्का तयार गरिने भएको छ। विराटनगरस्थित मोरङ उद्योग ब्यापार संघको हलमा आइतबार सम्पन्न जिल्लाका सरकारी कार्यालयका प्रमुखबीचको छलफलमा सो निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

उनले छलफलका क्रममा मुचुल्कासँगै हालसम्म आन्दोलनबाट पुगेको क्षतिको रकम समेत यकिन गरिने बताए। भदौ २४ गतेको तोडफोड र आगजनीले पुराएको क्षतिबाट बाहिर निस्कन सरकारी कार्यालय प्रयासरत रहेको बताउँदै उनले सेवाग्रहीलाई छिटो सेवाप्रवाह गर्नका लागि उचित ब्यवस्थापन गर्ने जानकारी दिए।

सरकारी कार्यालयमा पुगेको क्षतिअनुसार सेवाग्रहीलाई सेवा दिन नसकिने अवस्था रहेको खण्डमा आमनागरिकलाई सूचना जारी गरिने उनको भनाइ छ। प्रजिअ यादवले भने, ‘सरकारी कार्यालयमा भएको तोडफोड र आगजनिको क्षति मुचुल्का र मुल्यको यकिन आंकडा संकलन गर्नेछौँ। यसअवधि हाल वडाबाट दिइँदै आएको सिफारिसको कार्यसमेत रोकेका छाँै। ती काम जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय सुचारु नहुञ्जेलसम्मका लागि रोकेका हौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?