
काठमाडौँ – नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएलगत्तै मन्त्री घिसिङले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। केपी ओली नेतृत्वको अघिल्लो सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो।