मधेस लोकसेवा आयोगमा लुटपाट तथा आगजनी गर्दै प्रहरीको हतियार लुट्ने दुई जना पक्राउ

मधेस लोकसेवा आयोगमा लुटपाट तथा आगजनी गर्दै प्रहरीको हतियार लुट्ने दुई जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • जनकपुरधाममा मधेस प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गर्दै दुई जना पक्राउ परेका छन्।
  • पक्राउ परेकाहरु ३७ वर्षीय मनिष कुमार अधिकारी र २१ वर्षीय सन्तोष कुमार यादव रहेको प्रहरीको भनाई छ।
  • अनुसन्धानको लागि प्रहरीले सिसिटिभी फुटेजको विश्लेषण गर्दै लुटपाटमा संलग्न अन्यलाई खोजी जारी राखेको छ।

जनकपुरधाम – मधेस प्रदेश लोकसेवा आयोगमा तोडफोड एवं आगजनी गर्दै प्रहरीको हतियार लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्।

मंगलबार जेन–जी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका ९ स्थित रहेको आयोगको कार्यालयमा पुगेर कार्यलयमा रहेको ४ वटा चारपाङ्गे गाडी, मोटरसाइकल ४ वटा एवं सिसिटिभी क्यामेरा तोडफोड गर्दै कार्यलयमा तोडफोड र आगजनी गर्दै प्रहरीको हतियार लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम ९ बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारी र २१ वर्षीय सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट प्रहरीबाट लुटिएको एसएलआर राइफल एक थान समेत बरामद गरेको हो।

आन्दोलनको क्रममा मंगलबार ५०/६० जनाको समूहमा आएका ब्यक्तिहरुले आयोगको कार्यालयमा तोडफोड गर्दै आगजनी गरेर सुरक्षामा खटेका नेपाल प्रहरीबाट एसएलआर राईफल १ थान र त्यसमा लाग्ने गोली ५० राउण्ड लुटेका थिए।

प्रहरीले अनुसन्धानको क्रममा विभिन्न स्थानको सिसिटिभी फुटेजको विश्लेसन गरी खोजतलास गर्ने क्रममा सोमबार बिहान करिब ११ बजे दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले आन्दोलनको क्रममा लुटपाट तथा आगजनी गर्नेहरुलाई खोजतलास गर्दै पक्राउ गर्न सुरु गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?