
काठमाडौँ – जेन–जी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक सार्वजनिक भएका छन्। उनले मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गरे।
उनले आन्दोलनका क्रममा बचाउन प्रयास गर्ने र सरसफाइ गर्नेलाई धन्यवादसमेत दिए।
प्रचण्डले कार्यालयको भौतिक संरचना क्षतिग्रस्त भए पनि पार्टीको उत्साह र मनोबल अडिग रहेको बताए।
कार्यालयको पुस्तकालय र कतिपय संरचना जोगिएकामा उनले सराहना पनि व्यक्त गरेका थिए।
उनले भने, ‘भवनमा क्षति त पुर्याइयो, तर अब सबैको सहयोगमा नयाँ र भव्य बनाइनेछ।’
तस्बिरहरू:
तस्बिरः नेपाल फोटो लाइब्रेरी