
काठमाडौँ – जेन–जी आन्दोलनका सहिदहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
उनीहरूको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। त्यस क्रममा नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको थियो।
सहिदहरूको अन्तिम बिदाइ हुँदै गर्दा पशुपति आर्यघाट शोकाकुल बन्यो। आफन्तहरू भावविह्वल बने।
शिक्षण अस्पतालबाट १० जनाको शवयात्रा निकालिएको थियो। त्यसमध्ये ६ जनाको शव काठमाडौँ बाहिर पुर्याउन विमानस्थल लगिएको थियो। ४ जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरिसकेको छ।
सहिदका परिवारलाई सरकारले जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने पनि निर्णय गरेको छ।