जेन-जी आन्दोलनका क्रममा कोशी प्रदेशमा १ सय ५५ भवनमा क्षति

जेन-जी आन्दोलनका क्रममा कोशी प्रदेशमा १ सय ५५ भवनमा क्षति
+
-
देशसञ्चार AI सारांश
  • मोरङमा जेन-जी आन्दोलनका क्रममा १ सय ५० भन्दा बढी निजी तथा सरकारी भवनमा क्षति पुगेको पुष्टि भएको छ।
  • संघीय, प्रदेश, स्थानीय तह र सुरक्षा निकायका कार्यालयहरूमा आगजनी र तोडफोडबाट व्यापक क्षति भएको छ।
  • क्षति पुगेका भवनहरूमा १५ निजी भवन, १७ व्यापारिक भवन अनि विभिन्न पार्टी तथा संघसंस्थाका कार्यालयहरू समावेश छन्।

काठमाडौँ- जेन-जी आन्दोलनका क्रममा मोरङमा १ सय ५० भन्दा बढी निजी भवन तथा सरकारी कार्यालयमा क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार प्रदेश, स्थानीय र प्रहरीको कार्यालय गरी १ सय ५५ वटा कार्यालयमा क्षति पुगेको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता विनोदकुमार पोखरेलमा अनुसार आगजनीबाट संघीय, प्रदेश, स्थानीय, निजी, संस्थान, पार्टी कार्यालय तथा सुरक्षा निकायका भवनमा क्षति पुगेको हो।

कार्यालयका अनुसार प्रदेशमा रहेको ७३ वटा संघीय कार्यालयमा २१ वटामा क्षति पुगेको छ।

प्रदेशतर्फ भने ३९ वटा भवनमा १४, त्यसैगरी, १७ वटा स्थानीय तहका कार्यालयमा १० वटामा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार १५९ वटा वडा कार्यालयमध्ये ५८ वटा वडा कार्यालयमा क्षति पुगेको छ ।

क्षतिको पूर्ण रुपमा आर्थिक मुल्यांकन संकलन हुन समेत लाग्ने बताउँदै उनले १५ वटा निजी, एउटा संचयकोष भवन, ३ वटा ब्यापारिक भवन, ४ वटा विभिन्न संघसंस्था तथा राजनीतिक दलका ८ वटा पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जानकारी दिए।

उनका अनुसार आन्दोलनका क्रममा सुरक्षा निकायका भवनमा समेत क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जनपथ प्रहरीका प्रदेशभरका १७ वटा चौकी तथा कार्यालय र सशस्त्र प्रहरी बलको ४ वटा चौकीमा क्षति पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?