
- लुम्बिनी प्रदेश सरकारको सम्पर्क कार्यालय, मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको कार्यालय जेन्जी आन्दोलनमा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
- भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दाङमा ७ मोटरसाइकल र १ गाडी नष्ट भए भने रुपन्देहीमा १ मोटरसाइकल जलेको छ।
- लेखा नियन्त्रक कार्यालयमा ९६ लाख बराबरको क्षति भएको छ, जसमा कर्मचारीका सम्पत्ति विवरण र ६ वटा गाडी नष्ट भएका छन्।
दाङ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा ठूलो भौतिक क्षति पुगेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै, मुख्यमन्त्री निवासमा रहेका ३ वटा गाडीसमेत नष्ट भएका छन्।
प्रदेशका निमित्त प्रमुख सचिव लिलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा ७ वटा मोटरसाइकल र १ वटा गाडी नष्ट भएका छन् भने आर्घाखाँचीमा सामान्य तोडफोड भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गत रुपन्देहीमा १ मोटरसाइकल जलेको छ भने दाङ, लमहीस्थित मन्त्री क्वाटरका सामग्री जलाइएका छन्।
बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत रुपन्देही, बाँके र दाङका यातायात कार्यालय, भैरहवास्थित उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन्।
त्यस्तै, स्वास्थ्य मन्त्री निवासमा क्षति पुगेको छ भने उर्जा मन्त्रालयअन्तर्गत दाङमा ८ वटा मोटरसाइकल जलेका छन्। बन निर्देशनालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
आन्तरिक मामिला, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा भने क्षति नभएको जनाइएको छ। तर, प्रदेश लोक सेवा आयोगमा भने भवनमा आगजनी र तोडफोड हुनुका साथै स्टोर नष्ट भएको, कर्मचारी र जनप्रतिनिधिका सम्पत्ति विवरण जलेर नष्ट भएको र ६ वटा गाडी पूर्ण रूपमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्रदेश प्रशासनिक परिसर राप्ती उपत्यका, देउखुरीस्थित संरचना भने सुरक्षित रहेको बताइएको छ।
यस्तो छ विवरण:
लुम्बिनी प्रदेश सरकार तथा मातहातका निकायमा २०८२ भदौ २3 र २४ भएको जेन्जी आन्दोलनको क्रममा भएको क्षतिको प्रारम्भिक
संक्षिप्त विवरणः
क्र. स. |
कार्यालय |
क्षति (भए/ नभएको) ( जिल्ला स्थीत कार्यालयका भवन, सवारी साधन ईलेक्ट्रोनिक, काजगात) |
कैफियत |
१. |
प्रदेश प्रमुख |
|
|
२. |
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत |
|
|
३. |
भौतिक पूर्वाधार विकास मन्त्रालय |
|
|
४. |
शहरी विकास तथा खानेपानी मन्त्रालय |
|
|
५. |
आर्थिक मामिला तथा योजना मन्त्रालय |
|
|
६. |
उद्योग पर्यटन तथा यातायात मन्त्रालय |
|
|
७. |
स्वास्थ्य मन्त्रालय |
|
|
८. |
उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय |
|
|
९. |
कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालय |
|
|
१०. |
वन तथा वातावरण मन्त्रालय |
|
|
११. |
आन्तरिक मामिला तथा कानुन मन्त्रालय |
|
|
१२. |
युवा तथा खेलकुद मन्त्रालय |
|
|
१३. |
सामाजिक विकास मन्त्रालय |
|
|
१४. |
प्रदेश लोक सेवा आयोग |
|
लिलाधर सुवेदी
प्रदेश सचिव(कानुन)
हाल निमित्त प्रमुख सचिव
मितिः २०८२।५।३१ (५ बजे सम्म)
सम्पर्क नं 9856029947