विश्वभर १४६ भूमि तथा वातावरण रक्षकको मृत्युः ग्लोबल विटनेस प्रतिवेदन

विश्वभर १४६ भूमि तथा वातावरण रक्षकको मृत्युः  ग्लोबल विटनेस प्रतिवेदन
+
-
देशसञ्चार AI सारांश
  • सन् २०२४ मा भूमि र वातावरण संरक्षणमा लाग्ने १४६ व्यक्तिको हत्या भएको तथ्य ग्लोबल विटनेसको प्रतिवेदनले जनाएको छ।
  • विभिन्न व्यक्तिहरूलाई लक्षित गर्ने घटनाहरू मुख्यतः ल्याटिन अमेरिका र विशेष गरी कोलम्बियामा धेरै हुने गरेको देखिन्छ।
  • ड्रगस कारोबार र अवैध खानी जस्ता गतिविधिहरूले जैविक विविधता क्षेत्रहरूलाई ठूलो नोक्सान पुर्याएको प्रतिवेदनले उल्लेख गरेको छ।

सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरू हत्या भएका छन्। मानव अधिकार संरक्षण संस्था ‘ग्लोबल विटनेस’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, तीमध्ये करिब एक तिहाइ घटना कोलम्बियामा भएका छन्।

यो सङ्ख्या सन् २०२३ को १९६ भन्दा कम भए पनि, यसले रक्षकहरूको अवस्था सुधारिएको भन्ने सङ्केत नदिने गरी धेरै देशमा यस्ता घटनाहरू पूर्ण रूपमा रिपोर्ट नहुने समस्या रहेको संस्थाले जनाएको छ।

प्रतिवेदनमा ल्याटिन अमेरिका क्षेत्रमा सबैभन्दा बढी यस्ता घटना भएका उल्लेख भएको र कोलम्बिया वातावरणीय रक्षकहरूको लागि विश्वकै सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ।

यी रक्षकहरूमा साना किसान, आदिवासी समुदायका सदस्य, पत्रकार, कानुन व्यवसायी, वन रक्षक लगायत भूमिको संरक्षणमा काम गर्ने विभिन्न व्यक्ति पर्छन्।

कोलम्बियामा सन् २०२४ मा ४८ जना रक्षकको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको ७९ भन्दा कम हो। रिपोर्टले ड्रगस कारोबारदेखि अवैध खानीसम्मका क्रियाकलापहरूले जैविक विविधता सम्पन्न क्षेत्रहरूमा असर पुर्यााएको उल्लेख गरेको छ।

ग्वाटेमालामा २०, मेक्सिकोमा १९, ब्राजिलमा १२ र फिलिपिन्समा ८ जना रक्षकको मृत्यु वा बेपत्ता हुने घटना भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?