
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट क्षतिग्रस्त महाराजगञ्जस्थित प्रहरी वृत्तको पुन:र्निर्माण कार्य सुरु भएको छ।
स्थानीयवासीको सहयोगमा प्रहरी वृत्तमा रङरोगन तथा अन्य मर्मतसम्भारको काम थालिएको हो।
आन्दोलनका क्रममा प्रहरी वृत्तमा ठूलो क्षति पुगेको थियो। त्यही क्रममा प्रहरीको मृत्यु समेत भएको थियो भने घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
पुन:र्निर्माण कार्यसँगै प्रहरी वृत्तलाई चाँडै पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भएको बताइएको छ।
थप तस्बिरहरू: