
काठमाडौँ— अन्तरिम सरकारले संविधान दिवस मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा एक कार्यक्रम गरी सरकारले संविधान दिवस मनाएको हो।
यस वर्षको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक अन्य प्रमुख राजनीतिक दलका नेताहरूको उपस्थिति थिएन।
विगतका वर्षहरूमा दुई घण्टाभन्दा बढी समय चल्ने संविधान दिवसको कार्यक्रम यसपाली एक घण्टामै सकिएको छ।
कार्यक्रममा सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख र कर्मचारीहरू उपस्थित थिए।
तर, यसअघिका समारोहहरूमा जस्तो प्रमुख राजनीतिक दलका नेताहरूको बाक्लो उपस्थिति भने थिएन।
तस्बिरहरूः