शीतलनिवासमा अभूतपूर्व जमघट- जेनजी, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि सभामुखसम्म, ओली गएनन् (तस्बिरहरू)

शीतलनिवासमा अभूतपूर्व जमघट- जेनजी, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि सभामुखसम्म, ओली गएनन्  (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रपति भवन शितल निवासमा शुक्रबार संविधान दिवस मनाइएको छ।

संविधान दिवसको अवसरमा राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न दलका नेताहरू पनि शितल निवास पुगेका छन्।

पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, झलनाथ खनाल, पुष्पकमल दाहाल, विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, कांग्रेस नेता डा. शेखर कोइराला, एमाले नेता योगेश भट्टराईलगायत विभिन्न देशका राजदूतहरू पनि शितल निवास पुगेका छन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन्। अर्का पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा भने जेनजीको आन्दोलनपछिको आक्रमणपछि अझै उपचार प्रक्रियामा छन्।

कार्यक्रममा जेनजीका प्रतिनिधिहरू पनि सहभागी छन्। रक्षा बम, सुदन गुरुङ, युजन राजभण्डारीहरू समेत कार्यक्रममा सहभागी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा शुक्रबार विशेष कार्यक्रम गरेका हुन्।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?