
जनकपुरधाम- जनकपुरधाममा दसैँको रौनक आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन राजदेवी मन्दिरसहित जनकपुरधामका विभिन्न शक्तिपिठमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ।
दसैँको अवसरमा श्रद्धालुको मुख्य केन्द्रबिन्दु मानिने राजदेवी मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ भने बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान लगायतका शक्तिपिठहरू पनि सजाइएका छन्।
आजको दिनै सबै मन्दिरमा पूजापाठका लागि भक्तजनको भिड लागेको छ।
भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको छ। यस अवसरमा जनकपुरधामसहित सम्पूर्ण जिल्लामा सुरक्षा कडा गरिएको धनुषा प्रहरीले जनाएको छ।
थप तस्बिरहरू: