जेन–जी आन्दोलनको कारण सर्लाहीमा ६३ करोडभन्दा बढीको क्षति

जेन–जी आन्दोलनको कारण सर्लाहीमा ६३ करोडभन्दा बढीको क्षति
+
-
देशसञ्चार AI सारांश
  • जेन–जी आन्दोलनका कारण सर्लाहीमा ६३ करोड ५५ लाख बराबरको भौतिक क्षति भएको प्रारम्भिक तथ्यांकले देखाएको छ।
  • जिल्लाभरका ७८ सरकारी सम्पतिमध्ये ११ वटा स्थानीय तहमा सबैभन्दा बढी क्षति भएको बताइएको छ।
  • संघीय मातहतका ५ कार्यालयमा क्षति हुँदा २ करोड ७ लाख बराबरको आर्थिक क्षति भएको उल्लेख छ।

जनकपुरधाम – जेन–जी आन्दोलनको कारण सर्लाहीमा ६३ करोड ५५ लाख बराबरको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाभर आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड तथा लुटपाटबाट ६३ करोड ५५ लाख बराबरको क्षति भएको हो।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलका अनुसार आन्दोलनको क्रममा जिल्लाभर रहेको ७८ वटा सरकारी सम्पतिमा क्षति पुगेको हो। स्थानीय प्रशासनको तथ्यांक अनुसार स्थानीय तहमा सबैभन्दा बढी क्षति भएको हो।

सर्लाहीमा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेकोमा ११ वटा स्थानीय तहमा क्षति पुगेको हो। प्रदर्शनको क्रममा ६ वटा स्थानीय तहमा पूर्ण रुपले क्षति भएको हो। जसको कारण ४७ करोड २० लाख बराबरको क्षति भएको हो। २ वटा स्थानीय तहमा आंशिक क्षति तथा ३ वटा स्थानीय तहमा सामान्य क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाएका हुन्। उनका अनुसार ९ वटा स्थानीय तहमा कुनै क्षति भएको छैन।

स्थानीय तह तर्फ कुल ६१ करोड ३३ लाख बराबरको क्षति भएको हो। सर्लाहीमा २३ वटा प्रादेशिक कार्यालय रहेकोमा एउटा कार्यालयमा सामान्य क्षति हुँदा १५ लाख बराबरको क्षति भएको हो।

संघीय सरकार मातहत रहेको ३५ वटा कार्यालयमध्ये ५ वटा कार्यालयमा क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। २ वटा संघीय कार्यालयमा क्षति हुँदा ५१ लख र ३ वटा कार्यालयमा सामान्य क्षति हुँदा १ करोड ५६ लाख बराबरको क्षति भएको तथ्यांक छ। ३० वटा कार्यालयमा कुनै क्षति नभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। प्रदर्शनको क्रममा संघीय कार्यालय तर्फ २ करोड ७ लाख बराबरको क्षति भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार प्रदर्शनको कारण ७२ वटा कार्यालयहरुबाट पूर्ण रुपमा सेवा सञ्चालन रहेको तथा ६ वटा कार्यालयबाट आशिंक रुपमा सेवा सञ्चालन रहेको छ।

प्रदर्शनको क्रममा व्यक्तिगत तथा निजी सम्पतिमा भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण अहिले प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?